प्रभु क्यापिटलले गत वर्ष १२ करोड कर बुझायो, कर कार्यालय पुतलीसडकले गर्‍यो सम्मान



बिजमाण्डू
२०७९ मंसिर १२ गते १७:११ | Nov 28, 2022


Tata
Global Ime

काठमाडौं। प्रभु क्यापिटलले गत आर्थिक वर्षको सेवा क्षेत्र मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ।

आन्तरिक राजस्व विभाग पुतलीसडकले एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सम्मान गरेको हो।

कार्यालयका प्रमुख कर अधिकृत गजेन्द्रप्रसाद यादवले क्यापितटलका वित्त विभागका ईन्चार्ज रोशन केसीलाई सम्मानपत्र दिएका थिए। प्रभु क्यापिटलले गत आर्थिक १२ करोड कर बुझाएको दावी गरेको छ।

नेपाली पूँजी बजारको सेवा क्षेत्रमा मर्चेन्ट बैंकरको रुपमा काम गरिरहेको क्यापिटल सबैभन्दा बढी चुक्ता पूँजी भएको मर्चेन्ट कम्पनी हो।