सुपर मादी हाइड्रोको सेयर प्रभावितलाई, रोजगारीमा गएकाले पनि पाउने, छुट्यायो १० प्रतिशत



बिजमाण्डू
२०७९ मंसिर १३ गते ०९:०३ | Nov 29, 2022


सुपर मादी हाइड्रोको सेयर प्रभावितलाई, रोजगारीमा गएकाले पनि पाउने, छुट्यायो १० प्रतिशत


काठमाडौं। सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले मंसिर २० देखि पुस ५ गतेसम्म सेयर जारी गर्ने भएको हो।

Tata
Global Ime

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ। यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ  आयोजना प्रभावितका लागि छुट्याइएको छ। कास्कीको विभिन्न गाउँपालिका तथा नगरका बासिन्दाले यो पाउने छन्।

यसबाहेक कम्पनीले आम सर्वसाधारणका लागि २१ लाख कित्ता सेयर जारीगर्ने छ। यसको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याइएको छ।

कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ। कम्पनीले ८ अर्ब ३५ करोड अनुमानित लागतमा परियोजना विकास गरिरहेको छ। यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ।