नेपाल हाइड्रो डेभलपर्सले घोषणा गर्‍यो हालसम्मकै कम लाभांश, ५ प्रतिशत बोनसको प्रस्ताव



बिजमाण्डू
२०७९ मंसिर १३ गते ०९:५५ | Nov 29, 2022


नेपाल हाइड्रो डेभलपर्सले घोषणा गर्‍यो हालसम्मकै कम लाभांश, ५ प्रतिशत बोनसको प्रस्ताव


काठमाडौं। नेपाल हाइड्रो डेभलपर्सले हासम्मकै कम लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि ५.०३ प्रतिशत लाभांश दिने जनाएको छ।

Tata
Global Ime

पोहोर कम्पनीले ७.४ प्रतिशत र त्यस अघि १५.७९ प्रतिशत लाभांश दिएको थियो। 

बैंकले गत आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस सेयर र बाँकी नगद दिने घोषणा गरेको छ। 

प्रस्तावित लाभांश कायम चुक्ता पुँजीमा हो। अहिले कम्पनीको चुक्ता पुँजी ३१ करोड ९९ रुपैयाँ छ। प्रस्तावित ५ प्रतिशत बोनस पछि चुक्ता पुँजी ३३ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।

लाभांश साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने कम्पनीले जनाएको छ।