आलोचना भएपछि चुनाव हारेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ विश्वकप हेर्न नजाने



२०७९ मंसिर १३ गते १६:०७ | Nov 29, 2022


आलोचना भएपछि चुनाव हारेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ विश्वकप हेर्न नजाने


काठमाडौं। तीब्र आलोचना भएपछि पर्यटनमन्त्री जीवनराम श्रेष्ठ विश्वकप हेर्न कतार नजाने भएका छन्। चुनाव हारेर पनि नेपाल वायुसेवा निगमको खर्चमा विश्वकप हेर्न जान लागेको भन्दै आलोचना भएपछि पर्यटनमन्त्री श्रेष्ठले कतार नजाने भएका हुन्।

Tata
Global Ime

निगम स्रोतका अनुसार केही बेर अघि मन्त्री श्रेष्ठको सचिवालयले कतार जाने कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।

यो जानकारीसँगै निगमले विजनेश क्लासको टिकट, कतारमा बसोबास र खानाका साथै दैनिक भ्रमण भत्ताको व्यवस्था मन्त्री श्रेष्ठका लागि गरेको थियो। पर्यटन मन्त्रालयबाट पत्र आएलगत्तै निगमले यो सबै व्यवस्था गरेको थियो।

स्रोतका अनुसार मन्त्री कतार जाने निर्णय रोकिँदा निगमलाई झण्डै १० लाख रुपैयाँ बचत भएको छ। 'हामीलाई केहीवेर अघि मन्त्रीज्यू कतारको भ्रमण नगर्ने जानकारी सचिवालयबाट आयो,' निगमका एक कर्मचारीले बिजमाण्डूसँग भने। उनी यसअघिको सेड्युल अनुसार आज साँझ निगमको जहाजमार्फत दोहा जाँदै थिए।

प्रतिनिधिसभा क्षेत्र नम्बर ८ चुनावमा समाजवादी पार्टी मन्त्री श्रेष्ठ ५२३१ मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका विराजभक्त श्रेष्ठसँग हारेका थिए। चुनावमा मन्त्री श्रेष्ठले ४८८१ मत ल्याएका थिए भने विराज भक्त श्रेष्ठले १०११२ मत ल्याएका थिए।