एयर इण्डिया र भिस्तारा मर्जर टुंगो लाग्यो, टाटा समूह र सिंगापुर एयरलाइन्सबीच समझदारी



बिजमाण्डू
२०७९ मंसिर १४ गते ११:०२ | Nov 30, 2022


एयर इण्डिया र भिस्तारा मर्जर टुंगो लाग्यो, टाटा समूह र सिंगापुर एयरलाइन्सबीच समझदारी


काठमाडौं। भारतको ध्वजावाहक कम्पनी एयर इण्डिया र निजी वायुसेवा भिस्तारा एयरलाइन्स मर्जर टुंगो लागेको छ। दुवै वायुसेवा कम्पनी मर्जरका लागि टाटा समूह र सिंगापुर एयरलाइन्सबीच समझदारी भएको हो।

Tata
Global Ime

दुवै कम्पनीले आफ्नो व्यवसायिक योजना अनुसार क्षमता विस्तारका लागि यो घोषणा गरेका हुन्।

एयर इण्डियामा टाटा समूहले लिएपछि सिंगापुर एयरलाइन्ससँगको साझेदारीमा संचालित भिस्तारा एयरसँग रणनीतिक साझेदार अनुसार मर्जरको योजना टुंगोमा पुगेको जनाइएको छ।

यो अन्तर्गत सिंगापुर एयरलाइन्सले २५.१ प्रतिशत सेयर हिस्सा लिनेछ। सन् २०२४ मार्चसम्म मर्ज हुनेछ। यसका लागि सिंगापुर एयरलाइन्सले तत्काल ३२ अर्ब ५० करोड लगानी गर्नेछ।

'टाटा सम"हसँगको साझेदारीपछि हामी उड्डयन बजारको अग्रणी वायुसेवा प्रदायक बन्दै आएका छौं। अब एयर इण्डियासँगको मर्जरसँगै दुवै कम्पनीको सम्बन्ध र व्यवसाय थप बलियो हुँदै जाने आशा लिएका छौं,' सिंगापुर एयरलाइन्सका सीइओ गो चुन फोङले भनेका छन्।

दुवै कम्पनी मर्जमा गएपछि एयर इण्डिया भारतकै दोस्रो ठूलो वायुसेवा कम्पनी हुने जनाइएको छ। मर्ज पछि कम्पनीको जहाज संख्या दुई सय १५ हुनेछ।

'योसँगै एयर इण्डियाले आफ्नो उडान संजाल, सुरक्षा, विश्वसनीयता लगायतमा थप जोड दिनेछौं। फुल सर्भिस र लो कस्ट सर्भिसमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा थप विस्तार हुनेछौं,' टाटा सन्सका अध्यक्ष एन चन्द्र शेखरणले भने।

हाल एयर इण्डियाका लागि प्रतिस्पर्धी वायुसेवा भनेको एयर इण्डिगो हो। यो कम्पनीसँग दुई सय ८५ वटा जहाज छन्।