समानुपातिकतर्फ एक करोड २ लाखभन्दा धेरै मत गणना, समाजवादी थ्रेस होल्ड कटाउनै संघर्षरत



बिजमाण्डू
२०७९ मंसिर १५ गते ०९:१५ | Dec 1, 2022


काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड २ लाख २२ हजार २२२ मत गणना गरिएको छ।

Tata
Global Ime

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २७ लाख २८ हजार ३०५ मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५४ हजार ५९२ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ६ हजार ९१ मत प्राप्त गरेको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८० हजार ४३४, जनता समाजवादी पार्टीले चार लाख १२ हजार ८५८ र जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन्।

थ्रेस होल्ड कटाउनका लागि नेकपा (एकीकृत समाजवादी)ले संघर्ष गरिरहेको छ। आयोगको विवरणअनुसार एकीकृत समाजवादीले दुई लाख ९२ हजार १५८ मत प्राप्त गरेको छ।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ७०८, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६० हजार ४६६, नेपाल मजदुर किसान पार्टीले ७३ हजार ९२९, हाम्रो नेपाली पार्टीले ५४ हजार ४७५ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४७ हजार ९०८, राष्ट्रिय जनमोर्चाले ४६ हजार १७६, नेपाल सङ्घीय समाजवादी पार्टीले ४१ हजार २३८ र नेकपा(माले)ले ३० हजार १६४ मत प्राप्त गरेका छन्।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए। त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्‍नलिष्ट पिपल्स पार्टीले दुई हजार १ मत प्राप्त गरेको छ।