आइसिएफसी फाइनान्सले गर्यो लाभांश घोषणा, शेयरधनीलाई बोनस र नगद बराबर दिने



बिजमाण्डू
२०७९ मंसिर १५ गते १०:३८ | Dec 1, 2022


आइसिएफसी फाइनान्सले गर्यो लाभांश घोषणा, शेयरधनीलाई बोनस र नगद बराबर दिने


काठमाडौं। आइसिएफसी फाइनान्सको लाभांश दर घटेको छ। फाइनान्सले गत आर्थिक वर्षका लागि १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। फाइनान्सले पोहोर १४ प्रतिशत लाभांश दिएको थियो।

Tata
Global Ime

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर हो। बाँकी ५ प्रतिशत नगद दिँदै छ। कायम चुक्ता पुँजीमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो।

अहिले फाइनान्सको चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड रुपैयाँ नाध्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।