मौसम खराबीले टिआइएको फ्लाइट क्यालिबरेशन प्रभावित, सुरु भएको छ घण्टा उडान प्रभावित



बिजमाण्डू
२०७९ मंसिर १५ गते १०:५४ | Dec 1, 2022


मौसम खराबीले टिआइएको फ्लाइट क्यालिबरेशन प्रभावित, सुरु भएको छ घण्टा उडान प्रभावित


काठमाडौं। मौसमी प्रतिकुलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट क्यालिबरेशन प्रभावित भएको छ। पाँच किलोमटर भिजिबिलिटी आवश्यक रहेको यो उडानका लागि भिएफआर कायम हुन नसकेपछि बिहानैदेखि प्रभावित रहेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए।

Tata
Global Ime

मौसम अनुकुल भएलगत्तै क्यालिबरेशन सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए। यो उडान सुरु भएसँगै बिहीबार हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान अवतरणमा केही ढिलाई हुने उनले बताए।

यतिखेर विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान आइएफआर अन्तर्गत संचालन भइरहेको छ।

'दुई सिफ्टमा क्यालिबरेशन उडान हुनेछ। ५-६ घण्टा उडान प्रभावित हुनेछ। हामीले कम डिले हुने गरी आन्तरिक र अन्तर्राष्ट्रियतर्फको उडान संचालन गर्ने तयारी गरेका छौं।' उनले भने,'आज हुने फ्लाइट डिलेलाई मध्यनजर गर्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई राती अतिरिक्त समय दिने तयारी रहेको छ।'

बिहीबार क्यालिबरेशन फ्लाइट हुने भएपछि विमानस्थल कार्यालयले बुधबार नै वायुसेवा कम्पनीलाई नोटाम 'नोटीस टु एयरम्यान' जारी गरेको उनले जानकारी दिए।

उनका अनुसार आज आन्तरिकतर्फ तीन सय र अन्तर्राष्ट्रियतर्फ ८० वटा उडान अवतरण रहेको विमानस्थल कार्यालयले जनाएको छ।