गभर्नरलाई संकेत गर्दै अर्थमन्त्री शर्माको प्रश्न: अर्थतन्त्रमा कहाँ संकट छ ? समस्या कहाँ छ ?



बिजमाण्डू
२०७९ मंसिर १५ गते १३:२८ | Dec 1, 2022


गभर्नरलाई संकेत गर्दै अर्थमन्त्री शर्माको प्रश्न: अर्थतन्त्रमा कहाँ संकट छ ? समस्या कहाँ छ ?


काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताउँदै अधिकांश सुचकांक सकारात्मक रहेको जिकिर गरेका छन्। नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो दाबी गरेका हुन्।

Tata
Global Ime

'नेपालको आर्थिक अवस्था  फरक छ। अर्थतन्त्रको चरित्र फरक छ। हाम्रो अर्थतन्त्र एकैपटक माथि जाने र एकैपटक तल झर्ने हुँदैन,’ उनले भने, 'अर्थतन्त्रमा कहाँ समस्या छ ?' गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएको समस्यालाई राष्ट्र बैंकको नीतिले सुधारको बाटोमा लगेको बताएका थिए। गभर्नर अधिकारीपछि अर्थमन्त्री शर्माले बोलेका थिए।

उनले विगतमा समेत नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भन्नेलाई समेत जवाफ दिएको स्मरण गर्दै शोधनान्तर बचतमा गएर ८ महिनाको वस्तु तथा सेवा धान्ने विदेशी संचिति रहेको बताए।

अर्थमन्त्री शर्माले निर्वाचनका समयमा खुला सीमा कारण राजस्व असुली कम भएको बताउँदै त्यसलाई प्रशासनिक हिसाबले समाधान गर्न सकिने बताए।

उनले निर्वाचनका कारण विकास निर्माणले तीब्रता नपाएको बताउँदै अब त्यसलाई अगाडि बढाउने प्रतिवद्धता जनाए।  उनले ब्याजदर कम गर्ने सन्दर्भमा राष्ट्र बैंकले केही संबोधन गरेको बताए।