गभर्नरले ब्याज बारे निजी क्षेत्रसँग छलफल गर्न तयार रहेको बताएपछि सेयर बजारमा फर्कियो उत्साह



बिजमाण्डू
२०७९ मंसिर १५ गते १५:५४ | Dec 1, 2022


गभर्नरले ब्याज बारे निजी क्षेत्रसँग छलफल गर्न तयार रहेको बताएपछि सेयर बजारमा फर्कियो उत्साह


काठमाडौं। राष्ट्र बैंकका गभर्नरले ब्याजदरलाई सन्तुलनमा राख्न निजी क्षेत्रसँग छलफल गर्न तयार रहेको बताएपछि दिउँसो सेयर बजारको गिरावटमा ब्रेक लागेको छ। 

Tata
Global Ime

तीन दिनको गिरावटपछि सेयर बजार दोहोरो अंकले बढेको छ। वृद्धि लगत्तै कारोबारीहरु पनि सक्रिय हुन थालेका छन्। ८४ करोडमा झरेको सेयर कारोबार फेरी एक अर्ब माथि पुगेको छ। 

स्प्रेड घटाउने प्रतिबद्धता समेत उत्साह नफर्किएको सेयर बजारमा ब्याजदर नियन्त्रण गर्ने चर्चाले टेवा दिएको छ। आर्थिक पत्रकारहरुको एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले ब्याजदेखि चालु पुँजी कर्जासम्मको बिषयमा छलफल गर्न तयार रहेको बताएका थिए।

राष्ट्र बैंकले समिक्षा मार्फत ब्याजदरलाई प्रभाव पार्ने ठोस निर्णय लिन सकेको थिएन। वाणिज्य बैंकसँगै विकास बैंक र वित्त संस्थाहरुको स्प्रेड कम गरेर प्रिमियमलाई घटाउने समिक्षा सार्वजनिक गरेको थियो।

तर यसको प्रभावकारिता कार्यान्वयनमा आएको लामो समयपछि मात्र देखिने भएपछि निजी क्षेत्र र सेयर लगानीकर्ताले विमति जनाएका थिए।

राष्ट्र बैंकले एलसी खोल्दा राख्नु पर्ने शतप्रतिशत मार्जिन र आयात प्रतिबन्धलाई यथावत राख्दा निजी क्षेत्र सहमत हुन सकेको थिएन। जस लगत्तै सेयर बजारले पनि नेगेटिभ रेस्पोन्स दिन सुरु गरिसकेको थियो। बजार ११.२२ अंकले बढेको छ।