भारतबाट चुरोट-गुट्खा ल्याइ बिक्री गर्ने अगस्तीविरुद्ध मुद्दा दायर, २ करोड १६ लाख बिगो मागदाबी



बिजमाण्डू
२०७९ मंसिर १५ गते १६:३५ | Dec 1, 2022


भारतबाट चुरोट-गुट्खा ल्याइ बिक्री गर्ने अगस्तीविरुद्ध मुद्दा दायर, २ करोड १६ लाख बिगो मागदाबी


काठमाडौं। भारतबाट अवैध सामाग्री भित्र्याएर नेपालमा बिक्री गर्ने नवराज शर्मा भनिने छविलाल अगस्तीविरुद्ध मुद्दा दायर भएको छ।

Tata
Global Ime

राजस्व अनुसन्धान विभागले उनीविरुद्ध २ करोड १६ लाख बिगो मागसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। 

विभागको आरोपपत्रअनुसार प्रतिवादी अगस्तीले बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात बिना विदेशी ब्राण्डका चुरोट, गुट्खा नेपालमा बिक्री गर्ने गरेको पाइएको छ।

यसरी कारोबारबाट प्राप्त आयमा प्रचलित कानुन बमोजिम नेपाल सरकारलाई तिर्नु/बुझाउनुपर्ने राजस्व नबुझाई राजस्व चुहावट गरेको विभागको आरोप छ। 

विभागले १ करोड ४० लाख बराबरको चुरोट र गुट्खामा लाग्ने अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, भन्सार महसुल गरी बिगो मागदाबी गरेको हो।