
काठमाडौं। मुलुकको पहिलो अनलाइन ट्राभल बुकिङ प्लाटफर्म जाम्नले ‘प्रमोट योर होमटाउन’ अभियान सुरु गरेको छ। यो अभियान अन्तर्गत आफ्नै घर गाउँको ऐतिहासिक ठाउँ, होटल, पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने मध्ये एक जनाले ३० हजार रुपैयाँ पाउनेछन्।
सहभागी हुन इच्छुकले 'जाम्न' लाई कुनै पर्यटकीय ठाउँको भिडियो बनाएर पठाउनु पर्ने प्रावधान रहेको कम्पनीले जनाएको छ। सहभागीले पठाएको भिडियो जाम्नले पोस्ट गरिसकेपछि ह्यास ट्याग सहित प्रमोटिङ नेपाल, ट्राभल विथ जाम्न लेखेर आफ्नो आधिकारी सामाजिक सञ्जालका खाताहरुमा सेयर गर्नुपर्ने जनाइएको छ।
सेयर गरिएको भिडियोको भ्युज, लाइक र कमेन्ट्सका आधारमा उत्कृष्ट घोषणा गरिने जनाइएको छ।
जाम्नले आफ्नो मोबाइल एप र अफिसियल वेबसाइटबाट नेपालको पाँचवटै डोमेस्टिक एयरलाइन्सको टिकट र एक हजार पाँच रुपैयाँभन्दा बढी होटलमा बुकिङ गर्न सक्ने सेवा दिँदै आएको छ।
यसका लागि ग्राहकले बुकिङका लागि डिजिटल पेमेन्ट (ईसेवा, फोन पे, खल्ती लगायत) का साथै बैंकहरूको मोबाइल बैंकिङ एप र सम्पूर्ण स्वदेशी एवं विदेशी बैंकका कार्ड प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।