जापानका लगानीकर्ताको जम्बो टोली नेपालमा, शुक्रबार काठमाडौंमा जापान टाउन आयोजना हुँदै



बिजमाण्डू
२०७९ मंसिर १५ गते १९:०७ | Dec 1, 2022


जापानका लगानीकर्ताको जम्बो टोली नेपालमा, शुक्रबार काठमाडौंमा जापान टाउन आयोजना हुँदै


काठमाडौं । नेपाल- जापानबीच लगानी भित्र्याउने उदेश्यसहित 'जापान टाउन' सम्मेलन आयोजना हुने भएको छ। आइडिया स्टुडियो, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग परिसंघ, पर्यटन मन्त्रालय लगायतको संयोजकत्वमा शुक्रबार यो सम्मेलन हुनेछ।

Tata
Global Ime

सम्मेलनमा जापानका २१ कम्पनी सहभागी हुँदैछन्। सम्मेलनमा सहभागी विभिन्न कम्पनीका प्रतिनिधिले नेपालको शैक्षिक, पर्यटन, प्रविधि, जलस्रोत, रोजगार लगायतका क्षेत्रका बारेमा बुझ्ने मौका पाउनेछन्। आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले नेपालमा वैदेशिक लगानी भित्र्याउन सम्मेलन गर्न लागिएको बताए।

'शिक्षाको लागि जापान तुलनात्मक रुपमा सस्तो रहेको छ। उताको गुणस्तरिय शिक्षा नेपालमा भित्र्याउन सकिने सम्भावना देखिएको छ। सम्मेलनले होटल, रेस्टुरेण्ट, प्रविधि, शिक्षा लगायत विभिन्न क्षेत्रमा लगानीका बारेमा पनि छलफल हुनेछ,' अध्यक्ष लामाले भने।