चक्रपथको दोस्रो चरण निर्माण: कलंकीदेखि महाराजगञ्जसम्म संरचना १५ दिनभित्र भत्काउन निर्देशन



बिजमाण्डू
२०७९ मंसिर १६ गते ०९:३४ | Dec 2, 2022


काठमाडौं। चक्रपथको दोस्रो चरण निर्माण प्रक्रिया अगाडि बढेको छ। चक्रपथ सुधार आयोजनाले कलंकीदेखि महाराजगञ्जसम्म अस्थायी संरचना भत्काउन शुक्रबार एक सूचना जारी गरेको छ।

Tata
Global Ime

आयोजनाले निकाले सूचना अनुसार सडकको केन्द्रविन्दुबाट दायाँ र बायाँ दुबैतर्फ ३१/३१ मिटर सीमाभित्र बनेका स्थायी वा अस्थायी संरचना हटाउन १५ दिनको समय दिएको छ।

आयोजनाले भत्काउँदा लाग्ने खर्च संरचना धनीसँग असुल गर्ने आयोजनाले भनेको छ। सडकमा रुख काट्ने, विद्युतका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम सकिएपछि आयोजनाले सडक खाली गराउन भनेको हो।

तोकिएको समयभित्र नहटाए सरकारले आयोजनाले ती संरचनाहरु भत्काउने पनि उक्त सूचनामा उल्लेख छ।

चीन सरकारको अनुदान सहयोगमा सो सडक विस्तार हुन लागेको हो। सडक बनाउन ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। तर चिनिया टोलीले कहिलेदेखि सडक विस्तारको काम सुरु हुन्छ भनेर निश्चित समय भने नतोकिएको आयोजनाको भनाइ छ।