नेपाल इन्भेष्टमेन्ट बैंकले छैटौं पटक पायो ‘बैंक अफ द इयर’ अवार्ड, सर्वोत्कृष्ट बैंक घोषित



बिजमाण्डू
२०७९ मंसिर १६ गते ०९:३५ | Dec 2, 2022


नेपाल इन्भेष्टमेन्ट बैंकले छैटौं पटक पायो ‘बैंक अफ द इयर’ अवार्ड, सर्वोत्कृष्ट बैंक घोषित


काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले सन् २०२२ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। बैंकले छैटौं पटक यो अवार्ड प्राप्त गरेको हो।

Tata
Global Ime

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले लण्डनमा आयोजित एक कार्यक्रममा अवार्ड ग्रहण गरेका छन्।

बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सियल टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले नेपाल इन्भेष्टमेन्ट बैंकलाई यो वर्षको सर्वोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो। 

शुक्रबार बिहान लन्डनमा आयोजित समारोहमा अवार्ड वितरण गरिएको हो। यसअघि पछिल्लो पटक सन् २०१६ मा बैंकले अवार्ड प्राप्त गरेको थियो।

पत्रिकाले यो वर्ष १५० भन्दा बढी मुलुकका बैंकलाई अवार्ड दिएको छ। हरेक देशका वाणिज्य बैंकमध्ये सर्वोत्कृष्ट वित्तीय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेबसाइटमा उल्लेख छ।

‘हरेक देशका बैंकले त्यहाँको नियामनकारी, प्रतिष्पर्धा र अन्य आर्थिक अवरोध झेलेर सफलताको खुड्किलो चढेका हुन्छन्,' अवार्ड बारे पत्रिकाको वेबसाइटमा भनिएको छ- 'उनीहरुमध्ये उत्कृष्टले अवार्ड जितेका हुन्।’

पत्रिकाले २३ वर्षदेखि यस्तो अवार्ड वितरण गर्दै आएको छ।