सिभिल बैंकले थाल्यो डिजिटल सुदूरपश्चिम अभियान: पानीपुरीदेखि जुत्ता-चप्पल पसलसम्म क्युआर



बिजमाण्डू
२०७९ मंसिर १६ गते ०९:४६ | Dec 2, 2022


सिभिल बैंकले थाल्यो डिजिटल सुदूरपश्चिम अभियान: पानीपुरीदेखि जुत्ता-चप्पल पसलसम्म क्युआर


काठमाडौं। सिभिल बैंकले १२औं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरेअनुसार डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ।

Tata
Global Ime

बैंकले सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी अभियान थालेको हो।

धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिममा नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना उपस्थित थिइन्। उनले पानीपुरीदेखि जुत्ता-चप्पल मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरु डिजिटल रूपमा क्यूआर कोडमार्फत भुक्तानी गरी उद्‍घाटन गरिन्।

तिम्सिनाले राष्ट्र बैंककै उच्च प्राथमिकतामा रहेको डिजिटल पेमेन्टलाई डिजिटल सुदूरपश्चिममा सुरुवात गर्न पाउँदा खुसी भएको बताइन्। 'देशमा हुने गरेका सबै कारोबारहरु पारदर्शी हुने तथा नोट छाप्नका लागि विदेशिने धन राशिको संचय हुने छ,' उनले भनिन्।

डिजिटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र सुदूरपश्चिम डिजिटलमा जाने कुरामा दुई मत नभएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए।

महेन्द्रनगरमा आयोजित डिजिटल सुदूरपश्चिमको प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले उद्‍घाटन गरेका छन्।

लेखकले यस्तै डिजिटल पेमेन्ट सेवाहरु अझ सुलभ बनाउन सकिएमा समग्र जनताको बिभिन्न महसुल तिर्दा खेर जाने समयको सदुपयोग गर्न सकिने बताए। उनले यसबाट समग्र राष्ट्रकै उत्पादकत्व बढाउन सकिने बताए।

साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने सिभिल बैंकका चिफ बिजनेस अफिसर भोलाबहादुर विष्टले बताए। 

सिभिल बैंकले २०१९ अगस्टदेखि नै सुरु गरेको नगदरहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख सहरहरुसम्म गरी ४० हजारभन्दा बढी क्यूआर मर्चेन्टहरुलाई आबद्ध गरिसकेको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।