काठमाडौं। म्याग्दी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा डाकेको छ।
सभा आगामी पुस ११ गते कम्पनीको केन्द्रिय कार्यलयमा हुनेछ। वासलात र नाफा नोक्सानका सामान्य विषय बाहेक आइपीओ निष्कासनको प्रस्ताव सभाबाट पारित हुँदैछ। अप्रिल २०१७ मा कम्पनी पब्लिकमा रुपान्तरण भएको हो।
म्याग्दी हाइड्रोपावर लिमिटेडले १४ मेगावाटको घारखोला हाइड्रोपावर आयोजना निर्माण गर्दैछ। प्रारम्भिक प्रक्षेपण अनुसार आयोजनाको कुल लागत २ अर्ब ८७ करोड रुपैयाँ रहने छ।
आयोजना सुरुमा ८.३ मेगावाटको लागि डिजाइन गरिएको थियो। पछि १४ मेगावाटमा स्तरोन्नति गरिएको हो। जसका कारण आयोजनाका दुई पीपीएहरू छन्। हाल कम्पनीको शत प्रतिशत स्वामित्त्व नागरिक ऊर्जा बुटवल लिमिटेडसँग छ।


