अरुण भ्याली हाइड्रोपावरको लाभांश दर घट्यो, ८ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव



बिजमाण्डू
२०७९ मंसिर १६ गते १२:३७ | Dec 2, 2022


अरुण भ्याली हाइड्रोपावरको लाभांश दर घट्यो, ८ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव


काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई दिने लाभांश दर घटेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

Tata
Global Ime

पोहोर कम्पनीले साढे १० प्रतिशत लाभांश दिएको थियो। प्रस्तावित लाभांशमध्ये ८ प्रतिशत बोनस सेयर हो। बाँकी कर तिर्न नगद दिने भएको हो। कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरेको छ।

गत आर्थिक वर्षको नाफा र सञ्चित मुनाफाबाट कम्पनीले लाभांश दिने भएको हो। हाल कायम चुक्ता पुँजीमा लाभांश दिने जनाएको छ। अहिले कम्पनीको चुक्ता पुँजी १ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ छ।

कायम चुक्ता पुँजी बोनस वितरणपछि १ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ पुग्नेछ। लाभांश विद्युत नियमन आयोग र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।