विराटनगर अस्पतालले २ अर्बभन्दा बढी लागतमा क्यान्सर अस्पताल बनाउँदै, सेवासँगै व्यापार बढाउने



बिजमाण्डू
२०७९ मंसिर १६ गते १३:४६ | Dec 2, 2022


विराटनगर अस्पतालले २ अर्बभन्दा बढी लागतमा क्यान्सर अस्पताल बनाउँदै, सेवासँगै व्यापार बढाउने


काठमाडौं। विराटनगर अस्पताल प्रालिले २ अर्ब रुपैयाँभन्दा बढी खर्चेर क्यान्सर अस्पताल बनाउने भएको छ। मार्केट पोजिसन थप बलियो बनाउने रणनीतिसहित यो योजना अघि सारेको हो।

Tata
Global Ime

गत कात्तिकसम्म कम्पनीले निर्माणाधीन अस्पतालमा डेढ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। क्यान्सर अस्पताल पुसमा सञ्चालन गर्ने लक्ष्य प्रालिको छ।

यसका लागि भवन निर्माण भइसकेर मेडिकल उपकरण जडानको काम भइरहेको छ। यद्यपि ‍बढ्दो मुद्रास्फिति, डलर भाउ र बढ्दो ब्याजदरले गर्दा १० करोड रुपैयाँ थप खर्च हुने अनुमान गरिएको छ। 

सो अस्पतालको कुल लागतमा संस्थापकको २६ प्रतिशत पुँजी मात्र उपयोग भएको छ। बाँकी ७४ प्रतिशत कर्जा लिएको हो। कम्पनीको कुल अनुमानित लागत २ अर्ब ८ करोड ७० लाख रुपैयाँ छ। जसका लागि कम्पनीले ३ अर्ब रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ। कर्जाका लागि कम्पनीले रेटिङ गराएको हो।

बजारमा बढ्दो प्रतिष्पर्धाले विराटनगर अस्पतालको आम्दानीको वृद्धि दर भने साँघुरिदो छ। अघिल्लो आर्थिक वर्षको तुलनामा २०२१/२२ मा विराटनगर अस्पतालको आम्दानी ९ प्रतिशतले खुम्चियो। जबकि २०२०/२१ मा अस्पतालको आम्दानी ५८ प्रतिशत बढेको थियो।

अस्पतालले २०२०/२१ मा डेढ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो। त्यसअघि अर्थात २०१९/२० मा ९८ करोड ७० लाख र २०१८/१९ मा ७६ करोड ४० करोड रुपैयाँको कारोबार गरेको थियो।