एनआरएन इन्फ्रास्ट्रक्चरले पोहोरकै लाभांश दरलाई निरन्तरता दिने, अनुमोदन गर्न डाक्यो साधारणसभा



बिजमाण्डू
२०७९ मंसिर १८ गते १०:२० | Dec 4, 2022


एनआरएन इन्फ्रास्ट्रक्चरले पोहोरकै लाभांश दरलाई निरन्तरता दिने, अनुमोदन गर्न डाक्यो साधारणसभा


काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले पोहोर कै लाभांश दरलाई निरन्तरता दिने भएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

Tata
Global Ime

कम्पनीको सञ्चालक समितिले सबै नगद दिने प्रस्ताव गरेको छ। पोहोर भने ५ प्रतिशत बोनस दिएको थियो। लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ छ। 

प्रस्तावित लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्। लाभांश अनुमोदन गर्न कम्पनीले पुस २० गते वार्षिक साधारण सभा डाकेको छ। 

साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्दैछ। जसअनुसार पुस ४ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।