
काठमाडौं। होटल याक एण्ड यतीले क्रिसमसलक्षित 'वीस ट्री' सार्वजिनक गरेको छ। होटलले आधारभूत सुविधाको आवश्यक रहेका बालबालिका लक्षित आयोजना गर्दै आएको यो उत्सवमार्फत विशेष उपहार दिने जनाएको छ।
परोपकार केन्द्रित कार्यक्रममार्फत होटलले यो वर्ष गोकर्णस्थित 'जोइन्ट डिसेबल युनिटी आवाज सेन्टर' का बालबालिकालाई सहयोग गर्ने जनाएको छ।
होटलले उक्त संस्थामा आबद्ध बालबालिकाको इच्छा अन्तर्गत 'वीस कार्ड' संकलन गरी लबीमा रखिएको 'क्रिसमस ट्री' मा राखेको जनाएको छ। यो वीस ट्रीमा राखिएको बालबालिकाको इच्छा अनुसारको उपहार दिनका लागि होटलमा आउने पाहुना, कर्मचारी, अवलोकनकर्ता लगायतबाट संकलन गरिने होटलले जनाएको छ।
अहिले संकलन गरिएका यी उपहार होटलले औपचारिक कार्यक्रम आयोजना गरी वितरण गर्ने योजना छ।
क्रिसमसलक्षित यो कार्यक्रममार्फत आधारभूत सहयोग आवश्यक रहेका बालबालिकालाई सहयोग गर्नु नै मुख्य उद्देश्य रहेको होटलले जनाएको छ। विदेशी पाहुना रिझाउन होटल-रेस्टुरेन्टहरुले क्रिसमसका लागि बिभिन्न सजावटसहितका कार्यक्रम गर्दै आएका छन्।