अटो व्यवसायीको आन्दोलन: सामाजिक संजाल सरकार विरुद्ध आक्रामक नाराले भरिए



बिजमाण्डू
२०७९ मंसिर १८ गते ११:४८ | Dec 4, 2022


अटो व्यवसायीको आन्दोलन: सामाजिक संजाल सरकार विरुद्ध आक्रामक नाराले भरिए


काठमाडौं। अटो व्यवसायीहरुले आयात प्रतिबन्धले व्यवसाय धरापमा परेको भन्दै सुरु गरेको दबाबमूलक आन्दोलन थालेका छन्।

Tata
Global Ime

सबै अटो व्यवसायीले फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा प्रोफाइल पिक्चर आन्दोलनका नारालाई बनाएका छन्। अटो व्यवसायीहरुले आयात प्रतिबन्ध खुलाउन पर्ने भन्दै विभिन्न माग राखेर आन्दोलन सुरु गरेका हुन्।

यतिखेर उनीहरुले आफ्नो सामाजिक संजाल फेसबुक र ट्वीटरमा नाराहरु राखी सरकार र राष्ट्र बैंक विरुद्ध विरोध गरिरहेका छन्। अहिले यही नाराहरुले उनीहरुको सामाजिक संजाल भरिएका छन्।

व्यवसायीले ब्याजदर नियन्त्रण, ५० प्रतिशत नगद मार्जिन घटाउने, शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज तथा मौद्रिक नीति परिमार्जन लगायतका विषय समेटेर व्यानर बनाएका छन्।

जसमा गरी खान देउ, व्यापार व्यवसाय बन्द गरेर विदेश गएर बस भनेको, देशमा सरकार त छ, गाडी आयात फुकुवा गर, बैंकले गरेको बदमासिको सजाय व्यापारीलाई किन, चालु पूँजी कर्जा मार्गदर्शन खारेज गर जस्ता नारा बनाएर व्यवसायीहरु आन्दोलन गरिरहेका छन्।

यसैगरी जसले कर तिरेको छ उसैलाई पेल्ने/ हेप्ने, जनताले सबै नियम/ कानुन मान्नु पर्ने सरकारी निकायले कहिले जवाफदेही हुनु नपर्ने, ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर, ब्याजदर नियन्त्रण गर लगायतका मागहरु राखेर आन्दोलन गरिरहेका छन्।

त्यसपछि उनीहरुले आफु चढ्ने गाडीहरुमा पनि आजदेखि उक्त नाराहरु टाँसेर हिड्ने छन्। नाराहरूलाई व्यानर बनाएर आफ्नो सोरुममा राखेका छन्।