याडियाको वर्ल्ड कप अफरमा २० हजार छुटसहित पुराना मोटरसाइकलसँग नयाँ ई-स्कुटर साट्न मिल्ने



बिजमाण्डू
२०७९ मंसिर १८ गते १५:२३ | Dec 4, 2022


काठमाडौं। याडियाका इलेक्ट्रिक स्कुटरमा वर्ल्ड कप अफर ल्याएको छ। उक्त अफरमा ग्राहकहरुले स्कुटर किन्दा २० हजार नगद छुटसहित पुराना मोटरसाइकलसँग नयाँ इलेक्ट्रिक स्कुटर साट्न पाइने कम्पनीले जनाएको छ।

Tata
Global Ime

याडिया इलेक्ट्रिकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी कुजु नेपालले फिफा विश्वकप २०२२ को अवसरमा नगद छुटको स्किम ल्याएको हो। यो स्किम अन्तर्गत ग्राहकले हरेक याडिया स्कुटरको खरिदमा २० हजार रुपैयाँ छुट पाउने कम्पनीले जानकारी दिएको छ। 

कम्पनीका अनुसार यस अफर अन्तर्गत तीनजना ग्राहकले विशेष पुरस्कार पाउने छन्।  पहिलो हुनेले एलजीको यूएचडी फोरके टीभी, दोस्रो हुनेले एलजीकै एलईडी टीभी र तेस्रो हुनेले एजलीको रेफ्रिजेरेटर उपहार स्वरुप प्राप्त गर्नेछन्।