बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबारमा आउने



बिजमाण्डू
२०७९ मंसिर १८ गते १५:४९ | Dec 4, 2022


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो।

Tata
Global Ime

कम्पनीको २६ लाख ७९ हजार ७६ कित्ता हकप्रद सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो। सूचीकृत सेयर सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ।

बरुण हाइड्रोपावरले गत भदौ ६ गतेबाट पहिलो चरणमा १ बराबर १ अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको थियो। सो समय नबिकेको सेयर बोलकबोलमार्फत कात्तिक १४ गतेबाट बिक्री गरेको हो।

उक्त सेयर आइतबार नेप्सेमा सूचीकृत भइ दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको हो।