करिब ५० करोड ऋण लगानीमा बबई लिफ्टिङ आयोजना निर्माण हुने, भयो सम्झौता



बिजमाण्डू
२०७९ मंसिर २० गते १२:४६ | Dec 6, 2022


काठमाडौं। घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको बहुप्रतिक्षित आयोजना बबई लिफ्टिङ ५० करोड ऋण लगानीमा निर्माण हुने भएको छ। सोमबार ऋण लगानी सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको हो।

Tata
Global Ime

लगानी सम्झौतापत्रमा सरकार, नगर विकास कोष र खानेपानी आयोजनाबीच हस्ताक्षर भएको छ। यो आयोजनाको काम सह-लगानीमा सम्पन्न गरिने नगर विकास कोषले जनाएको छ। यसको मध्यस्थकर्ता घोराही उपमहानगरपालिका छ।

ऋणको भुक्तानी २०९७ सालसम्म गरिसक्ने र यसको ब्याज ५ प्रतिशतको दरले कायम गरिएको छ। सरकारले ७० प्रतिशत अर्थात ३४ करोड ८९ लाख ८४ हजार, कोषले २५ प्रतिशत अर्थात १२ करोड ४६ लाख ३७ हजार र सम्बन्धित संस्थाको सह-लगानी ५ प्रतिशत अर्थात २ करोड ४९ लाख २७ हजार रहेको छ।

यो आयोजना सम्पन्न भएपछि आगामी ४० वर्षसम्म घोराहीमा खानेपानीको दीर्घकालीन समस्या समाधान हुने अपेक्षा गरिएको छ।