पोखरा-बनारस उडानका लागि बुद्धलाई पर्यटन मन्त्रालयको स्वीकृति, परराष्ट्रलाई पत्राचार



बिजमाण्डू
२०७९ मंसिर २० गते १४:२६ | Dec 6, 2022


पोखरा-बनारस उडानका लागि बुद्धलाई पर्यटन मन्त्रालयको स्वीकृति, परराष्ट्रलाई पत्राचार


 

Tata
Global Ime

काठमाडौं। पोखरा-बनारस उडानका लागि पर्यटन मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्रालयले सोमबार कम्पनीलाई पोखराबाट वनारस उडानका लागि स्वीकृति दिएको हो।

सचिवस्तरीय निर्णयबाट कम्पनीलाई उडान गर्न स्वीकृति दिइएको हो। 'हामीले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेका छौँ। मन्त्रालयले भारत नागरिक उड्‍डयन प्राधिकरणसँगको समन्वयमार्फत उडान इजाजत पाउनेछ,' मन्त्रालयका एक कर्मचारीले बिजमाण्डूसँग भने।

साताको तीनवटा उडान गर्ने कम्पनीको योजना छ।

यो विमानस्थल संचालनमा आएसँगै कम्पनीले साताको आइतबार, मंगलबार, बिहीबार उडान गर्ने योजना बनाएको छ।