सवारी साधनमा कपडाको झल्लर, डोरी, रिबन, स्टिकर राख्न नपाइने, ट्राफिक प्रहरीले कारबाही गर्ने



बिजमाण्डू
२०७९ मंसिर २० गते १७:५३ | Dec 6, 2022


सवारी साधनमा कपडाको झल्लर, डोरी, रिबन, स्टिकर राख्न नपाइने, ट्राफिक प्रहरीले कारबाही गर्ने


काठमाडौं। सवारी साधनमा कपडाको झल्लर, डोरी, रिबन, स्टिकर लगायतका सामाग्री हटाउन ट्राफिक प्रहरीले अभियान सुरु गरेको छ।

Tata
Global Ime

काठमाडौंको नागढुङगामबाट चेकजाँच गर्दै छोटो तथा लामो दुरीमा संचालन हुने सवारी साधनको अगाडी ‍सिसाको भागमा राखिएका झलर, डोरी, रिबन, लेस, स्टिकर लगायतका सामाग्री  हटाएको हो  सोमबार र मंगलबार गरि गरिएको चेकिङका क्रममा २८ वटा सवारी साधनको झल्लरहरु हटाइएको ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक टपेन्द्र खत्रीले बताए।

उनका अनुसार झल्लर तथा स्टिकरका कारण अन्य सवारी साधनको गतिविधी अनुमान गर्न नसकिने र आफु भन्दा अगाडीको सवारीसंगको ब्रेकिङ डिस्टान्स (सवारीसँगको दुरी) कायम राख्न नसकि सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले हटाउन थालिएको हो। 

सवारी साधनको अगाडी ‍सिसाको भागमा बिभिन्न सामाग्री राखिएको पाइएमा सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ अनुसार लापरबाही गरी सवारी साधन चलाएको कसुरमा कारबाही गरिने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवम् प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले बताए।