इभीको प्रयोग बढेसँगै सुरु भएको बहस, धातु उत्पादक देशले ओपेकजस्तै संस्था बनाउने चिन्ता



बिजमाण्डू
२०७९ मंसिर २० गते २२:०७ | Dec 6, 2022


इभीको प्रयोग बढेसँगै सुरु भएको बहस, धातु उत्पादक देशले ओपेकजस्तै संस्था बनाउने चिन्ता


काठमाडौं। विद्युतीय गाडीका लागि आवश्यक ब्याट्रीको धातु उत्पादक देशहरुले अर्को ओपेक ग्रुप निर्माण गर्न लागेका छन्।

Tata
Global Ime

अहिले विद्युतीय गाडीसँगै ब्याट्रीको पनि माग बढ्दै गइरहेको छ। यसले धातुहरु उत्पादन गर्ने देशहरुलाई ठूलो अवसर आएको छ।  ती देशहरुले व्यापार बढ्नेदेखि रोजगारीको सम्भावना बढेको छ।

यसको फाइदा इन्डोनेसिया जस्ता देशहरुले लिने भएका छन्। इन्डोनेसियाले अरु देशहरुको तुलनामा ब्याट्रीलाई आवश्यक निकल धातु उत्पादन गर्छ।

विद्युतीय सवारीको क्रान्तिले निकल जस्ता प्रमुख ब्याट्रीमा आवश्यक पर्ने धातुहरूको माग बढेपछि इन्डोनेसियाले ओपेक-जस्तो समूहको निर्माणको लागि लबिङ गर्न थालेको छ। तर तेल निर्यातलाई नियन्त्रण गर्नुको सट्टा यसले शीर्ष खानीहरूलाई एकताबद्ध गर्ने अनुमान गरिएको छ। यसलाई नियन्त्रण गर्न नीतिहरू बनाउन आवश्यक भएको विज्ञहरु बताउँछन्।

क्यानाडा अर्को ठूलो निकल धातु उत्पादक देश हो। निकलको बजार पनि कच्चा तेलको बजारजस्तै संरक्षित छ। 

एक अनुसन्धान संस्थाका ऊर्जा विश्लेषक रिचर्ड ब्रोन्जका अनुसार निकल उत्पादक देशको कार्टेल हुने सम्भावना देख्दैनन्। तर निकल, कोबाल्ट र लिथियमको उच्च मूल्यको भण्डार भएका देशहरूले लाभ लिन केही रणनीतिक चाल चल्ने अनुमान भने उनी गर्छन्।  

सेन्टर फर स्ट्र्याटेजिकका ऊर्जा विज्ञ फेलो जेन नाकानोले उदीयमान ऊर्जा अर्थतन्त्रको हिस्सा बन्न सक्ने स्वीकार्छन्।

निकल धातुको आवश्यकता कति ?

 ६२ वर्षमा ओपेक भनेर चिनिने पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठनको तेलको मूल्य घटबढ गर्न प्रमुख भूमिका रहँदै आएको छ। तेलको मूल्य  घट्दा आपूर्ति कटौतीको निर्णय गर्छन्। ओपेकले विश्व तेल बजारमा कार्टेलिङ गर्दै आएको छ।

यही अवधारणमा निकल धातु उत्पादक पनि कार्टेल गर्न सक्ने अनुमान धेरैको छ। विश्वबजारबाट पेट्रोलियम सवारी साधन विस्थापित हुने र विद्युतीय गाडी मात्रै चल्दा ब्याट्रीका लागि आवश्यक पर्ने निकलमा पनि कार्टेल भएर समस्या आउन सक्ने विज्ञहरुको जिकिर छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०२१ मा प्रकाशित एक प्रतिवेदन अनुसार स्वच्छ ऊर्जामा अपनाउने भनेको इन्धनबाट विद्युतीय प्रणाली तिर परिवर्तन हुनु हो। एक सामान्य विद्युतीय सवारी साधनलाई परम्परागत कारको तुलनामा ६ गुणा बढी खनिज आवश्यक पर्छ। यसले स्टेनलेस स्टिल उद्योगलाई विस्थापित गर्दै सन् २०४० सम्ममा इभी र ब्याट्री भण्डारण प्रणालीहरू निकल सबै भन्दा बढी उपभोग हुने वस्तु बन्नेछ।

अहिलेको सामान्य परिवर्तनबाट इन्डोनेसियाले फाइदा उठाइरहेको छ। एक तथ्यांक अनुसार इन्डोनेसियाले निकल आपूर्तिको ३८ प्रतिशतभन्दा बढीको लागि योगदान गरेको छ। पछिल्लो समय यसको सेयर पनि निरन्तर बढिरहेको छ।

आईएनजीका कमोडिटी रणनीतिकार इवा मन्थेका अनुसार इन्डोनेसिया तथा यस्ता धातु उत्पादन गर्ने देश आगामी वर्षहरूमा आर्थिक वृद्धिको सबैभन्दा ठूलो स्रोत हुने अपेक्षा गरिएको छ। इभी ब्याट्री क्षेत्रबाट बढ्दो माग पूरा गर्न निकल धातुको उत्पादन बढ्दै गइरहेको छ।

इन्डोनेसियाले उत्पादन कटौतीको बारेमा असहमति जनाएपछि २००९ मा र २०१६ मा ओपेक छोडेको थियो। इन्डोनेसियाले निकल धातुको कार्टेलका लागि भने अन्य शीर्ष उत्पादकहरूसँग समन्वय बढाउँदै गएको छ। म्यान्थेका अनुसार ब्याट्रीका लागि आवश्यक ग्रेडको निकलको विश्वव्यापी आपूर्तिको करिब २० प्रतिशत रूसले ओगटेको छ। यसका लागि क्यानडा र अष्ट्रेलिया पनि ठूला खेलाडी हुन्। विश्वको सबैभन्दा ठूलो निकल भण्डारको लागि इन्डोनेसियासँग ती देशले प्रतिस्पर्धा गर्छ।

अन्य उत्पादकहरूसँग मिलेर इन्डोनेसियाले धातुको मूल्यहरूमा बढी प्रभाव पार्न सक्छ। विभिन्न मेटल एक्सचेन्जमा निकल मूल्यहरू धेरै अस्थिर हुन सक्नेछन्।

नयाँ ओपेक किन?

निकल बजार ट्र्याक गर्ने मानिसहरू अहिले भइरहेको व्यवस्था व्यावहारिक छ भन्ने शंका गर्छन्। आपूर्ति केही देशहरूमा केन्द्रित हुँदा उत्पादन व्यक्तिगत फर्महरूको नियन्त्रणमा हुन्छन्।

यो साउदी अरेबिया, रूस वा संयुक्त अरब इमिरेट्स जस्ता देशहरूमा तेल उत्पादनको व्यवस्था भन्दा फरक छ। त्यहाँ व्यक्तिगत फर्मभन्दा पनि सरकारी कम्पनीहरु छन्।

निकल जस्ता ब्याट्री धातुहरूको लागि ओपेक-शैली समूह सिर्जना गर्ने इन्डोनेसियाको योजना लागु सजिलो छैन। ती कम्पनीले खानी नियन्त्रण गरेका छन्।  ब्राजिल, इन्डोनेसिया र कंगोले संरक्षण गर्न ओपेकजस्तै संस्था सिर्जना गर्न खोजिरहेका छन्। त्यहाँ अर्जेन्टिना, बोलिभिया र चिली जस्ता दक्षिण अमेरिकी देशहरूले लिथियम एसोसिएसन बनाउन सक्ने अनुमान समेत गरिएको छ।(एजेन्सीको सहयोगमा)