८ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने सरकारको तयारी, पुन: सोधियो सातदिने स्पष्टीकरण



बिजमाण्डू
२०७९ मंसिर २१ गते ०९:२८ | Dec 7, 2022


८ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने सरकारको तयारी, पुन: सोधियो सातदिने स्पष्टीकरण


काठमाडौं। सरकारले समयमा काम सम्पन्न नगर्ने आठ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

Tata
Global Ime

हेटौंडा-११ मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा/ कविर/ सुनकोशी जेभी काठमाडौंका नारायण प्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा-६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरेलाई सरकारले कालोसूचीमा राख्दै छ।

यसैगरी बानेश्वर-१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्र कुमार गौतम, सिरुवा कन्स्ट्रक्सन कम्पनी तीनकुने काठमाडौंका दिनेश पौडेल, दिल्ली ट्रेडिङ वीरगञ्ज पर्साकी रानी कुमारी रौनियार र जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सिताराम चौधरीसँग पनि लिखित स्पष्टीकरण माग गरिएको थियो। 

यी निर्माण कम्पनीहरुलाई ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले बुधबार सातदिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको हो।