टाटाको सबैभन्दा सस्तो इलेक्ट्रिक गाडी ‘टियागो इभी’ एक महिनामा २० हजार बुकिङ, वेटिङ समय ४ महिना



बिजमाण्डू
२०७९ मंसिर २१ गते १०:२१ | Dec 7, 2022


टाटाको सबैभन्दा सस्तो इलेक्ट्रिक गाडी ‘टियागो इभी’ एक महिनामा २० हजार बुकिङ, वेटिङ समय ४ महिना


काठमाडौं। टाटाको सबैभन्दा सस्तो इलेक्ट्रिक गाडी टियागो इभी एक महिनामा २० हजार युनिट बुकिङ भएको छ। टाटाले टियागोको सबै इलेक्ट्रिक संस्करण द्ई महिना अगाडि सार्वजनिक गरेको थियो। तर यसको बुकिङ भने अक्टोबरदेखि खोलिएको थियो।

Tata
Global Ime

अक्टोबर १० देखि २० हजार युनिट बुकिङ भइसकेको छ। टाटा टियागो लिन चार महिना प्रतीक्षा गर्नुपर्ने छ। भारतमा २०२२ को पहिलो ६ महिनामा २० हजार इभी बिक्री भएका थिए। जुन ब्याट्री-विद्युतीय सवारीको बिक्रीको लागि अहिलेसम्मकै उच्च अर्धवार्षिक परिणाम हो। त्यसैले टाटा टियागोले यो अवधिमा २० हजार युनिटको बुकिङ हुनुलाई कम्पनीले सफलताको रुपमा लिएको छ।

विगत १० वर्षमा धेरै नयाँ इभी स्टार्टअपहरू र लिगेसी ओईएमले पनि महँगो इभी मात्र उत्पादनमा जोड दिदै आएका थिए। तर पछिल्लो समय भने कार निर्माता कम्पनीहरुले कम मूल्यमा राम्रो सुविधा भएका इभी निर्माण गर्न थालेका छन्। अधिकांश कार खरिदकर्ताहरूले महँगा इभी गाडीहरू किन्न सक्दैनन्। तीमध्ये भारतमा सबैभन्दा सस्तो विद्यूतीय गाडी एउटा टाटा टियागो इभी हो।

भारत टाटाका लागि प्रमुख बजार हो। यसको अन्य इभी जुन केही समयदेखि बजारमा बिक्री भइरहेका छन्। टाटा नेक्सनले पनि राम्रो व्यापार गरिरहेको छ। त्यो मोडेलको लागि प्रतीक्षा समय कम हुँदै गएको छ। नेपालमा समेत टाटाले वेटिङ समय घटाउँदै लगेको छ।

यो गाडीमा १९.२ किलोवाट  र २४ किलोवाटका दुई ब्याट्री विकल्प दिइएको छ। जसले एक पटकको फुल चार्जमा २५० देखि ३१५ किलोमिटर ड्राइभिङ रेन्ज प्रदान गर्छ। यसको मूल्य भारतमा ८.४९ लाख रहेको छ।