लमजुङको पर्यटन प्रवर्द्धन गर्न ‘हनि हन्टिङ’ आयोजना हुँदै, राजेश हमाल लगायत २ सय सहभागी हुने



बिजमाण्डू
२०७९ मंसिर २१ गते १३:२३ | Dec 7, 2022


लमजुङको पर्यटन प्रवर्द्धन गर्न ‘हनि हन्टिङ’ आयोजना हुँदै, राजेश हमाल लगायत २ सय सहभागी हुने


Tata
Global Ime

काठमाडौं। स्पार्क ग्रुपले लमजुङको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले लमजुङको भुजुङ गाउँमा हनि हन्टिङ कार्यक्रम गर्ने भएको छ। यो कार्यक्रममा अभिनेता राजेश हमाल, क्याप्टेन विजय लामा सहित २०० जना चर्चित व्यक्ति सहभागी हुने जनाइएको छ।

मंसिर २२ देखि २४ गतेसम्म आयोजना हुने यो कार्यक्रममा कलाकार विपिन कार्की, तिलगंगा अस्पतालका प्रतिनिधि पिताम्बर अधिकारी, पाइलट विजय लामा,रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्की लगायत २०० जना सहभागी हुने स्पार्क समूहले जनाएको छ।

असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्य राखिएको कम्पनीले जनायो।

मंसिर २२ गते विहान काठमाडौंमा उद्घाटन गरेर भुजुङको यात्रा सुरू हुनेछ।  भुजुङ पुगेपछि साहसिक अफ रोड यात्रा, जंगली मौरीको मह काढ्नका लागि पदयात्रा, स्थानीय लोक साँस्कृतिक कार्यक्रम, बेसीसहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट लगायत आकर्षक कार्यक्रम रहेको कम्पनीले जनायो।