काठमाडौं। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरेर आइपीओ जारी गर्ने भएको हो।
कम्पनीले मंसिर २० गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
बोर्डबाट प्राथमिक निष्कासनका लागि अन्तिम स्वीकृतिपछि कम्पनीले प्रिमियमसहित प्रति कित्ता ११६ रुपैयाँका दरले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता आइपीओ जारी गर्ने छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।


