रिटेल चेन गार्डेन मार्टले एकैवर्ष गर्‍यो झण्डै ७७ करोडको कारोबार, ५६ करोड ऋणलाई पायो रेटिङ



बिजमाण्डू
२०७९ मंसिर २१ गते १४:२८ | Dec 7, 2022


रिटेल चेन गार्डेन मार्टले एकैवर्ष गर्‍यो झण्डै ७७ करोडको कारोबार, ५६ करोड ऋणलाई पायो रेटिङ


काठमाडौं। रिटेल चेन गार्डेन मार्ट प्रालिले एकैवर्ष ७६ करोड ९० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ। कम्पनीले सन् २०२१/२२ मा उक्त कारोबार गरेको छ। देशभर २३ वटा आउटलेट रहेको गार्डेन मार्टले एकै छाना मुन खाद्यान्नदेखि अन्य प्रडक्ट बिक्री गर्छ। 

Tata
Global Ime

फास्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) को उत्पादन र व्यापार गर्ने शिखर नामक संस्थाको लगानी गार्डेन मार्टमा छ। 

गार्डेन मार्ट सन् २०२१ जुलाईबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो। कम्पनीको अध्यक्ष केदारनाथ शर्मा हुन्। उनी नटराज एग्रो प्रालिको समेत अध्यक्ष हुन्।   

कम्पनीले ५६ करोड रुपैयाँ दीर्घकालीन ऋणका लागि रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालबाट एनपी डबल बी माइन रेटिङ पाएको छ।