प्रभु बैंकसँग मर्जरको तयारीमा रहेको सेञ्चुरी कमर्सियलले साधारण सभा डाक्यो, पुस ४ गते बुक क्लोज



बिजमाण्डू
२०७९ मंसिर २२ गते १०:१४ | Dec 8, 2022


प्रभु बैंकसँग मर्जरको तयारीमा रहेको सेञ्चुरी कमर्सियलले साधारण सभा डाक्यो, पुस ४ गते बुक क्लोज


काठमाडौं। प्रभु बैंकसँग मर्जरको तयारीमा रहेको सेञ्चुरी कमर्सियल बैंकले अन्तिम अनुमोदन गर्न साधारण सभा डाकेको छ। सभा पुस १४ गते आर्मी अफिसर्स क्लबमा हुनेछ।

Tata
Global Ime

सभाले गत आर्थिक वर्षका लागि बैंकले प्रस्ताव गरेको बोनस सेयरसँगै मर्जरका लागि तयार पारिएको डीडीए प्रतिवेदन र अन्तिम समझदारी पत्रलाई अनुमोदन गर्ने छ।

प्रभु बैंकले सेञ्चुरीलाई प्रति कित्ता १०० रुपैयाँमा खरिद गर्दैछ। दुई बैंकबीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।

सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकबीच गत साउन १५ मा संस्था प्राप्ति सम्बन्धी सहमति भएको थियो। राष्ट्र बैंकले भदौ २० गते मर्जरको सैद्धान्तिक स्वीकृति दिएको थियो। 

साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्दैछ। जस अनुसार पुस ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।