सडक विस्तार गर्दा अप्टिकल फाइबर छिनेर सेवा अवरुद्ध भयो, पूर्वाधार संरक्षणमा सजग बनौं : एनसेल



बिजमाण्डू
२०७९ मंसिर २२ गते १६:०६ | Dec 8, 2022


सडक विस्तार गर्दा अप्टिकल फाइबर छिनेर सेवा अवरुद्ध भयो, पूर्वाधार संरक्षणमा सजग बनौं : एनसेल


काठमाडौं। एनसेलले सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबल काटिएका कारण सञ्चार सेवा केही समय अवरुद्ध भएको जनाएको छ। 

Tata
Global Ime

केही समय सेवा अवरुद्ध भएसँगै सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति एनसेलले क्षमायाचना गरेको छ।

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरु फिल्डमा खटाइसकेको भन्दै अवरुद्ध भएको सेवा क्रमिक रुपमा सुचारु हुँदै गएको जनाएको छ। 

अत्यावश्यक सेवालाई सुचारु राख्न दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैसँग अनुरोध गरेको छ।