काठमाडौं। नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं साधारणसभाले बिजयलाल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
यसअघि अध्यक्ष एनआइबीएल एस क्यापिटलका मेखबहादुर थापा थिए। थापा नयाँ कार्यसमितिको मानार्थ सदस्य भएका छन्। नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत हुन्।
उपाध्यक्षमा ग्लोबल आइएमइ क्यापिटलका पारसमणि ढकाल निर्वाचित भएका छन् भने एनआइसी एसिया क्यापिटलका रमेन्द्र रायमाझी महासचिव चयन भएका छन्।
कोषाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका मनिषनारायण जोशी चयन भएका छन्। सदस्यहरुमा नागरिक लगानी कोषका नारायणप्रसाद घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली, नेपाल लाइफ क्यापिटलका नबिल बास्कोटा चयन भएका छन्।


