
काठमाडौं। एमजी-४ इभीले ५ स्टार रेटिङ प्राप्त गरेको छ। कम्पनीको उक्त गाडीले युरो एनक्याप सेफ्टी टेष्टमा उक्त रेटिङ प्राप्त गरेको जनाएको छ।
कम्पनीका अनुसार यसलाई आगामी अटो एक्स्पो २०२३ मा प्रदर्शन गरिनेछ। उक्त गाडीले युरो एनक्याप टेष्टमा एडल्ट अकुपेन्ट टेष्टमा ८३ प्रतिशत स्कोर गरेको छ। यसले ३८ अंकमा ३१.६ अंक प्राप्त गरेको हो।
यस्तै चाइल्ड अकुपेन्ट टेष्टमा पनि ८० प्रतिशत नै प्राप्त गरेको छ। यस टेष्टमा कुल ४९ अंकमा ३९.५ अंक प्राप्त गरेको कम्पनीले जनाएको छ।
यसैगरी सेफ्टी टेष्टमा यो ह्याचब्याकले ७८ प्रतिशत प्राप्त गरेको छ। १६ अंकको यो टेस्टमा एमजी-४ ले १२.६ अंक पाएको छ।
यसलाई कम्पनीले दुई ब्याट्री ५१ किलोमिटर र ६४ किलोमिटर अप्सनमा र तीन मोटर अप्सनमा ल्याएको छ। कम्पनीले यसलाई १२५ किलोवाट, १५० किलोवाट र ३१५ किलोवाटको मोटर विकल्पमा ल्याएको छ।
यसलाई चार्ज गर्न एसी चार्जरले ९ घन्टा र फास्ट चार्जरले ४० मिनेटको मात्र समय लाग्छ। यसमा रहेका ब्याट्रीले १७० देखि २०३ हर्सपावरमा २५० एनएम टर्क उत्पादन गर्छ।
सबैभन्दा सानो ब्याट्री प्रयोग भएको भर्सनले सिंगल चार्जमा ३५० किलोमिटर र ठूलो ब्याट्री भएको लङ रेन्ज मोडलले ५२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
एमजीको नयाँ ‘एड्भान्स मोडुलर स्केवल प्लेटफर्म (एमएसपी) आर्किटेक्चर’मा तयार भएको यो कार रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ। एमजीले यसको लागि निकै पातलो साइजको ब्याट्री प्रयोग गरेको जनाएको छ।
यसमा रहेको ब्याट्रीको हाइट ४.३ इन्च मात्रै छ। यो ह्याचब्याकले शून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन ८ सेकेन्ड लगाउँछ। यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघन्टा छ।