
काठमाडौं। राजस्व अनुसन्धान विभागको टोली शुक्रबार बिहानै राजधानीको असन पुगेको छ। टोलीले असन बजारबाट विहान ४ बजे १ सय ३ पोका कपडा नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा पुगेको टोलीले बरामद गरी नियन्त्रणमा लिएको उक्त कपडाको बिल प्रष्ट छैन। त्यसैले भन्सार छली ल्याएको शंकामा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।
टोलीले कपडासँगै गाडीचालकलाई पनि नियन्त्रणमा लिएको छ। विभागले महाबौद्ध क्षेत्रका विभिन्न पसलहरुमा पनि छापा मार्दै सिल गरिरहेको छ।
स्रोतका अनुसार सो क्षेत्रका १५ वटा भन्दा बढी पसलका गोदाममा सिल गरिएको छ।
मुख्य सचिव नेतृत्वको केन्द्रिय अनुगमन तथा मूल्यांकन समितिले पनि आयात गरिएको विवरण र बजार उपलब्धतामा तालमेल नमिलेको भन्दै अनुगमन बढाउन निर्देशन दिएको छ।