
काठमाडौं। स्पेस एक्सबाट कमर्सियल डिजे, युट्युबरदेखि के-पप र्यापरसम्म चन्द्रमामा जाने भएका छन्। उनीहरुलाई एक जापानी अर्बपतिले निजी क्षेत्रको अन्तरिक्ष यातायात सेवा स्पेस एक्समा चन्द्रमामा लाने बताएका हुन्।
जापनी व्यवसायी युसाकु मेइजावाले गतवर्ष क्रिएटिभ व्यक्तिहरूका लागि विश्वव्यापी रुपमा एउटा टिम खोजिरहेका थिए। त्यसैको अन्तिम छनोटमा परेकाहरु सम्मिलित आफ्नो टोलीको उनले शुक्रबार खुलासा गरेका हुन। अमेरिकी डिजे स्टेभ आओकी र सबैभन्दा टप-प्रोफाइल कोरियाली स्टारहरु छनोट भएका हुन्।
अर्को वर्षको लागि तय गरिएको यो उडान सन् १९७२ पछि मानव जातिले गरेको पहिलो चन्द्रमा यात्रा हुनसक्छ। प्रस्तावित फ्लाई-बायले चन्द्रमाको परिक्रमा गरेको अन्तरिक्ष यानले सतहको २०० किलोमिटर (१२४ माइल) भित्र आउनेछ। यात्रा सुरुवातदेखि फर्किँदासम्म ८ दिन लाग्नेछ।
तर, अमेरिकी नियामकहरूले इलन मस्कको स्पेसएक्स कम्पनीबाट स्टारशिप रकेटको लागि अनुमति दिन बाँकी छ। जसमा चालकदलले पनि यात्रा गर्नुपर्ने छ।
उक्त स्पेस एक्सलाई पृथ्वीको परिक्रमाको लागि पनि स्वीकृत गरिएको छैन। मे २०२१ मा परीक्षण प्रक्षेपण पूरा गरेपछि टेक्सासमा विगत १८ महिनादेखि ग्राउन्डेड गरिएको छ।
सुरुको दृश्यमा अर्बपति मेइजावा जापानी बगैंचामा चन्द्रमामा हेरिरहेको देखाइएको छ।
अर्को यात्रुको रुपमा युट्युबर टिम डोड यसमा सहभागी हुनेछन्। यनलाई दैनिक अन्तरिक्ष यात्री पनि भनिन्छ। जनको अन्तरिक्ष उडान र खगोल भौतिकीमा शैक्षिक भिडियोहरू भएको च्यानलमा अनलाइन फलोअरहरू १४ लाख छन्।
चोइ सेयुङ ह्युअन एक के-पप र्यापर र ब्वायब्यान्ड बिग ब्याङ्गका पूर्व प्रमुख हुन। उनी दक्षिण कोरियाका हुन। यस्तै डान्सर र कोरियोग्राफर येमी एडी चेक रिपब्लिक बाट सहभागी हुदैछन्। यसैगरी फोटोग्राफर रिआनन एडम आयर ल्याण्डका हुन। वाइल्डलाइफ फोटोग्राफर करिम इलिया युके बाट हसभागी हुदैछन्।
यस्तै फिल्म निर्माता ब्रेन्डन हल अमेरिका र अभिनेता देव जोशी भारतका हुन्।
शुक्रबार जारी गरिएको आफ्नै भिडियोमा भ्लगरले आफू चयन भएकोमा विश्वास गर्न नसक्ने बताएका छन्। उनीहरुलाई २०१७ मा स्पेसएक्सले चन्द्रमामा नागरिक पठाउने घोषणा विडम्बनापूर्ण वा काव्यात्मक लागेको थियो। तर यसले उनीहरुलाई चकित बनाएको उनीहरुले बताए।
अमेरिकी ओलम्पिक स्नोबोर्डर केटलिन फरिंगटन र जापानी डान्सर मियुलाई ब्याक-अप डान्सरकोको रूपमा नाम दिइएको थियो।
अनलाइन फेसन रिटेलर जोजोका मालिक मेइजावा व्यावसायिक अन्तरिक्ष यात्रामा प्रमुख रूपमा संलग्न भएका छन्। गत वर्ष उनी रुसी रकेटमा १२ दिनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए।