विशाल ग्रुप र तातेर ग्रुपको जोइन्ट भेन्चर साउथ एशियन इन्फ्रास्ट्रक्चरको कारोबार अर्ब नाघ्यो



बिजमाण्डू
२०७९ मंसिर २३ गते १६:०८ | Dec 9, 2022


विशाल ग्रुप र तातेर ग्रुपको जोइन्ट भेन्चर साउथ एशियन इन्फ्रास्ट्रक्चरको कारोबार अर्ब नाघ्यो


काठमाडौं। विशाल ग्रुप र तातेर ग्रुपको जोइन्ट भेन्चर साउथ एशियन इन्फ्रास्ट्रक्चर प्रालिको कारोबार २०२१/२२ मा एक अर्ब रुपैयाँ नाघेको छ। कम्पनीले एक अर्ब ३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो। 

Tata
Global Ime

पोहोर कम्पनीले एक अर्ब एक करोड १० लाख रुपैयाँ र २०१९/२० मा ९८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीमा विशाल ग्रुप र तातेर ग्रुपको ४३/४३ प्रतिशत स्वामित्त्व छ। हाल कम्पनीको अध्यक्षमा बच्चा राज तातेर छन्। कम्पनी क वर्गको निर्माण व्यवसायी हो।

कम्पनीको कारोबार बढेपनि वृद्धिदर त्यति फराकिलो भने छैन। २०२१/२२ को मुल कारोबार अघिल्लो वर्षको तुलनामा मात्र २.२१ प्रतिशत बढेको हो। जबकि २०/२१ को वृद्धिदर अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत थियो। यस्तै, त्यसअघि कम्पनीको कुल कारोबारको परिमाणले ११ प्रतिशतको फड्को मारेको थियो।

कम्पनीको कारोबार खुम्चिनुमा मुख्यतया बढेको ढुवानी लागत र कच्चा मालमा बढ्दो मुद्रास्फीतिको दरका कारण रहेको रेटिङ एजेन्सी इन्फोमेरिक्सले जनाएको छ। अहिले पनि कम्पनीसँग करिब डेढ अर्ब रुपैयाँको कन्ट्रयाक्ट छ। कम्पनीको ९५ प्रतिशत अर्डर जलविद्युत र वेयरहाउस निर्माण सम्बन्धि हुने गरेको छ।   

कम्पनीले हाल एक अर्ब ५६ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ। कम्पनीले दीर्घकालिन र अल्पकालिन दुवै गरेर सो कर्जाका लागि रेटिङ गराएको हो।