
काठमाडौं। ह्वाट्स एपले विन्डोज प्रयोगकर्ताहरुलाई पनि आफ्नै नम्बरमा च्याट गर्न मिल्ने फिचर ल्याउने भएको छ। गत महिना ह्वाट्स एपले यो फिचर एन्ड्रोइड र आइओएस प्रयोगकर्ताका लागि लन्च गरिसकेको छ।
केही समय भित्रै विन्डोज बेट एपमा पनि ह्वाट्स एपले आफ्नै नम्बरमा च्याट गर्न सक्ने सेवा ल्याउने तयारी गरिरहेको बुझिएको छ।
यो फिचरले प्रयोगकर्ताहरुलाई नोट, रिमाइन्डर वा महत्वपूर्ण सूचना तथा जानकारी आफैंमा सीमित राख्न सघाउने कम्पनीले जनाएको छ।
यसअघि ह्वाट्स एप प्रयोगकर्ताहरुले आफ्नै नाममा रहेको अर्को नम्बर भएको ह्वाट्स एपमा मेसेर गर्नुपर्ने बाध्यता थियो।