
काठमाडौं। पुस १७ गतेबाट एकीकृत कारोबार गर्ने गरी कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले साधारणसभा सकेका छन्। दुवै बैंकको साधारणसभाले मर्जर तथा प्राप्तिलाई अनुमोदन गरेको छ।
कुमारी बैंकको विशेष साधारणसभाले एनसीसीलाई १ बराबर १ को अनुपातमा गाभ्न स्वीकृति दिएको हो। गाभिएपछि नाम कुमारी बैंक हुने छ।
मर्जर समझदारीपछि एनसीसी बैंकका संस्थापक सेयरधनीमध्येका लक्ष्मीबहादुर श्रेष्ठलाई अदालतमा मुद्दा हालेका थिए। पछि उनले मुद्दा फिर्ता लिएका थिए।
कुमारी बैंकले एनसीसी बैंक गाभेपछि चुक्ता पुँजी २६ अर्ब रुपैयाँभन्दा बढी हुने छ। शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) ३ खर्ब १ अर्ब भन्दा बढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ।