बैंकर्स संघको नयाँ सदस्यका रुपमा सुदेश खालिङको प्रवेश,  दुई जना सदस्यले कार्यकाल दोहोर्‍याए



२०७९ मंसिर २६ गते ०८:४६ | Dec 12, 2022


बैंकर्स संघको नयाँ सदस्यका रुपमा सुदेश खालिङको प्रवेश,  दुई जना सदस्यले कार्यकाल दोहोर्‍याए


काठमाडौं। बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्य समिति सदस्यका रुपमा सुदेश खालिङको प्रवेश हुने भएको छ। उनी एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।

Tata
Global Ime

संघको साधारणसभा सोमबार हुँदैछ। सभाले तीन जना सदस्य छान्दैछ। त्यसमध्ये दुई जना एक कार्यकाल पुरा गरेका छन्। रिक्त अर्को सदस्य पदमा खालिङ प्रवेश गर्न लागेका हुन्।

सदस्यका रुपमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी सन्तोष कोइराला र नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपकुमार देले निरन्तरता पाउने छन्। 

संघको विधानले सदस्यले एक कार्यकाल दोहोर्याउन पाउने व्यवस्था गरेको छ। अन्य सदस्यको कार्यकाल बाँकी भए पनि कोइराला र देको भने एक कार्यकाल पुरा भइसकेको छ।

मेगा बैंकबाट अनुपमा खुँञ्जेली अवकाश भएपछि एक सदस्य रिक्त थियो। त्यो पदमा खालिङलाई चयन गरिएको हो। औपचारिकता भने सोमबार साँझ पुरा गरिने छ।