काठमाडौं। नेपाल बैंकर्स संघले यस पटक नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावललाई सम्मान गर्ने भएको छ।
संघले केही वर्षयताबाट आफ्नो बार्षिक साधारणसभाको अवसर पारेर बैंक तथा वित्तीय क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ।
रावल गभर्नर हुँदा नयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन र नेपाल राष्ट्र बैंक ऐन आएको थियो। त्यसपछि नै नेपाल राष्ट्र बैंकले औपचारिक रुपमा मौद्रिक नीति ल्याउन सुरु गरेको हो। सरकारी दुई ठूला बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा वित्तीय सुधार कार्यक्रमको थालनी पनि उनले गरेका थिए।
उनी पोलिमर नोट छपाइ काण्डमा पनि मुछिएका थिए। अस्ट्रेलियन कम्पनीलाई ठेक्का दिँदा आर्थिक लाभ लिएको आरोप उनीमाथि छ।
रावल २०५७ देखि २०६० सालसम्म गभर्नर भएका थिए। तत्कालिन सरकारले उनलाई हटाउने असफल प्रयास पनि गरेको थियो। अदालतले उनलाई राष्ट्र बैंकको गभर्नरमा पुन: फर्काएको थियो।
रावल संविधानसभाको सभासद् समेत भएका थिए।
बैंकर्स संघले यसअघि करिब आधा दर्जनभन्दा बढीलाई सम्मान गरिसकेको छ। प्रथम गभर्नर हिमालयन राणादेखि पृथ्वीबहादुर पाँडेसम्म सम्मानित भइसकेका छन्।