
काठमाडौं। यस वर्षको टुबोर्ग ओपनको लागि भेकले गाएको गीतले युट्युबमा १ करोड भ्युज पार गरेको छ। अमेरिकी गायक जेसन डेरुलोबाट पाएको निर्देशन तथा सुझावहरु प्रयोग गरि ‘खोलौं रमेर’ नामको गीत निर्माण भएको थियो।
विगत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन अभियानद्वारा निरन्तर कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुसँग मिलेर संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।
टुबोर्गले नेपाललगायत भारत, चीन, टर्की, सेर्बिया साथै अन्य देशहरुमा पनि टुबोर्ग ओपन अभियानद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुलाई जोडेर नयाँ संगीत सिर्जना गर्दै आइरहेको छ। टुबोर्ग ओपेन अभियान, टुबोर्ग उत्पादन हुने विभिन्न देशमा छैटौं पटक आयोजना हुँदैछ भने नेपालमा भने पाँचौं पटक हुने कम्पनीले जनाएको छ।
टुबोर्ग ओपेनको हरेक वर्ष एउटा फरक थिम हुन्छ। यो वर्षको थिम ‘टेक द स्टेज’ भनेर रहेको छ। जसमा अन्तर्राष्ट्रिय विश्व प्रख्यात कलाकारले उदाउँदो स्वदेशी कलाकारहरुलाई मेन्टरसीप प्रदान गरिरहेको छ। र उनीहरुलाई कसरी राम्रो गीत बनाउने र सांगितिक उद्योगमा सफल कलाकार हुने जस्ता विषयमा मार्गदर्शन दिएको कम्पनीले जनाएको छ।
यस वर्ष टुबोर्गले लोकप्रिय अमेरिकन संगीतकर्मी डेरुलोलाई टुबोर्ग ओपनको लागि लिएको छ। उनीसँगै जोडिएका छन्, नेपालका उदयीमान कलाकार भेक। उक्त मेन्टरिङ सत्र केही समय अघि अमेरिकाको लस एन्जलसमा भएको थियो। जहाँ भेकले स्टुडियोमा जेसन डेरुलोसँग समय बिताउने मौका पाए।
‘मेरो गीत ‘खोलौ रमेर’ ले यति धेरै माया पाएको देखेर म एकदम खुसी छु। म मेरो सम्पूर्ण फ्यानहरुलाई धन्यवाद भन्न चाहन्छु। यस उपलब्धीले ममा नयाँ उमंग भरी मलाई यसरी नै मेरो गीत संगीतले मेरो फ्यानलाई मनोरञ्जन गर्न प्रेरित गरेको छ,’ भेकले भने।
यस्तै, नेपालमा टुबोर्ग उत्पादन र बिक्री गर्ने गोर्खा ब्रुअरीका मार्केटिङ निर्देशक आशिष बिस्टले भने, ‘टुबोर्ग र संगीतको नाता नेपाली सांगीतक क्षेत्रमा एकदम गहिरो छ। कयौं वर्षदेखि यो अटुट सम्बन्ध अझै पनि कायम छ। सोही उद्देश्यलाई निरन्तरता दिँदै टुबोर्ग ओपनले सफल अन्तर्राष्ट्रिय कलाकारहरु र विश्वका विभिन्न भागका उदीयमान कलाकारहरुसँग सहकार्य गर्न उचित प्लाटफर्म उपलब्ध गराउँदै आएको छ।’