डुकाटीको प्रिमियम एडभेन्चर बाइक ‘डेजर्टएक्स’ सार्वजनिक, भारतमै लगभग १८ लाख भारु



२०७९ मंसिर २६ गते १५:३३ | Dec 12, 2022


डुकाटीको प्रिमियम एडभेन्चर बाइक ‘डेजर्टएक्स’ सार्वजनिक, भारतमै लगभग १८ लाख भारु


काठमाडौं। डुकाटीले नयाँ प्रिमियम एडभेन्चर बाइक 'डेजर्टएक्स' भारतमा सार्वजनिक गरेको छ। धेरै फिचरहरु भएको उक्त बाइकको मूल्य भारतमै १७.९१ लाख भारु तोकिएको छ। 

Tata
Global Ime

यसमा ९३७ सीसी क्षमताको इन्जिन उपलब्ध छ। यसले ११० हर्सपावरमा ९२ एनएम टर्क उत्पादन गर्छ। साथै यसमा २१ लिटर इन्धन स्टोरेज ट्यांक राखिएको छ।

यसमा २१/१८ इन्च वायर- स्पोक ह्वीलबेस जडान गरिएको छ। यो बाइकमा रियर २२० देखि फ्रन्ट २३० एमएम सस्पेन्सन उपलब्ध छ। यसमा २५० एमएमको ग्राउन्ड क्लिरियन्स उपलब्ध छ। यी फिचरहरु यसको मल्टिस्ट्राडा १२६० इन्डुरोमा पनि उपलब्ध छैन।

यसमा कन्ट्रोलिङको लागि ५.० इन्चको टीएफटी ड्यास जडान गरिएको कम्पनीले जनाएको छ। बाइकमा ब्ल्युथुथ कनेक्टि गर्न पनि मिल्छ। तल्लो सिट पनि सहायकको रूपमा उपलब्ध छ। डेजर्टएक्सको कुल वजन २०२ केजी छ।

डेजर्टएक्समा ६ राइडिङ मोड, ४ पावर मोड, इन्जिन ब्रेक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, ह्विली कन्ट्रोल, कर्नरिङ एबीएस र बाई डाइरेक्शनल क्विक सिफ्टर जस्ता फिचर उपलब्ध छ।