महिन्द्राको स्कोर्पियो एनलाई ग्लोबल एनक्याप टेष्टमा फाइभ स्टार रेटिङ, केही समयमै नेपाल आउने



२०७९ मंसिर २६ गते १६:२७ | Dec 12, 2022


महिन्द्राको स्कोर्पियो एनलाई ग्लोबल एनक्याप टेष्टमा फाइभ स्टार रेटिङ, केही समयमै नेपाल आउने


काठमाडौं। महिन्द्राको एसयूभी स्कर्पियो एनले ग्लोबल एनक्यापको सेफ्टी टेष्टमा फाइभ स्टार रेटिङ पाएको छ।

Tata
Global Ime

गाडीले ग्लोबल एनक्यापको नयाँ प्रोटोकलमा आधारित टेष्टमा यो एडल्ट अकुपेन्सी प्रोटेक्सनमा सो रेटिङ पाएको हो। यस्तै चाइल्ड अकुपेन्सी टेष्टमा भने थ्री स्टार रेटिङ पाएको छ।

यसले एडल्ट अकुपेन्सी प्रोटेक्सनमा कुल ३४ अंकमा २९.२५ अंक र चाइल्ड अकुपेन्सी सुरक्षा परीक्षणमा कुल ४९ अंकमा २८.९३ अंक पाएको छ। ग्लोबल एनक्यापले बडिसेल र फुटवेल भएका स्थानहरुमा स्थिर रहेको र पछिल्लो भागमा थप लोडिङको सामना गर्न सक्षम रहेको पनि उल्लेख गरेको छ।

यो एक्सयुभी ७०० पछिको दोस्रो एसयुभी हो।

महिन्द्राको गाडीको नेपालको आधिकारिक बिक्रेता अग्नि ग्रुपले ६ महिनाअघि नेपाली बजारमा सार्वजनिक गरिसकेको छ। तर आयात प्रतिबन्ध लम्बिएपछि यो गाडी नेपाल आउन सकिरहेको थिएन।

नयाँ डिजाइन थिममा तयार भएको स्कर्पियो एनमा कम्पनीको नयाँ ट्विन पिक लोगो दिएको छ। कारको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, क्रोम गार्निश गरिएको ठाडो स्ल्यान्टेड फ्रन्ट ग्रिलको साथ पूर्ण रूपमा नयाँ फ्रन्ट उपलब्ध गराइएको छ।

यो एसयूभीको फ्रन्टको बम्परलाई फग ल्याम्प हाउजिङको वरिपरि ठूलो एयर इन्टेक र सी-आकारको क्रोम ट्रिमको साथ अपडेट गरिएको छ। साथै स्पोर्टी एलोय ह्विल र रिफ्रेस गरिएको रियर प्रोफाइल पनि समावेश गरिएको छ।

यसमा क्रुज कन्ट्रोल र माउन्टेड कन्ट्रोल जस्ता अन्य फिचरको साथ अपडेट गरिएको फ्ल्याट-बटम स्टेयरिङ ह्विल दिइएको छ। स्कोर्पियो–एन एसयूभीको इन्टेरियरमा नयाँ अपहोल्स्ट्री, ड्युअल टोन थिम, ३६० डिग्री क्यामेरा, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचर सामेल गरिएका छन्।  यो एसयूभी २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ।