सिप्रदी ट्रेडिङले कमर्सियल गाडीलाई लक्षित गर्दै सुरु गर्‍यो ‘टाटा मोर्टस् इन्जिन केयर क्याम्प’



२०७९ मंसिर २६ गते १६:३९ | Dec 12, 2022


सिप्रदी ट्रेडिङले कमर्सियल गाडीलाई लक्षित गर्दै सुरु गर्‍यो ‘टाटा मोर्टस् इन्जिन केयर क्याम्प’


काठमाडौं। टाटा मोर्ट्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले इन्जिन केयर क्याम्प संचालन गरेको छ। यो क्याम्प सोमबारदेखि सुरु भएको छ।

Tata
Global Ime

कम्पनीका अनुसार सो क्याम्प नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा संभार गरी गाडीको क्षमता अभिवृद्धिको लक्ष्य राखिएको छ। कम्पनीले कर्मसियल भेहिकलको लागि यो क्याम्प सुरु गरेको हो।

क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्ट्समा १५ प्रतिशतदेखी कम्पनीले तोकिएका पार्ट्सहरुमा ५० प्रतिशतसम्मको छुट हुनेछ। यस्तै कम्पनीले लुब्रिकेन्ट्समा २० प्रतिशत छुट, कामदार शुल्कमा २५ प्रतिशत छुट दिने जनाएको छ।

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुमा पुस १५ गते सम्म क्याम्प संचालन हुने कम्पनीले जनाएको छ।