काठमाडौं। एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आजबाट सेयर जारी गरेको छ। कम्पनीले पुस १२ गतेसम्म सेयर जारी गर्ने छ।
कम्पनीले जारी पुँजी ३४ करवडको १० प्रतिशत आयोजना प्रभावित इलामका विभिन्न क्षेत्रका बासिन्दालाई सेयर जारी गरेको छ।
वैदेशिक रोजगारीमा गएकाहरुलाई कम्पनीले ८४ हजार कित्ता सेयर दिने छ। कम्तिमा १० कित्ता र बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ।
यसपछि कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्ने छ। बजेटको व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डले विनियमावली संशोधन गरेपछि वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयरमा आरक्षण छुट्याउन थालिएको हो।


