
काठमाडौं। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ५ दिने हुन्डाई इभी हाइ-भोल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना सुरु गरेको छ।
सोमबारदेखि सुरु भएको 'बी द चेन्ज' क्याम्पेनमा हुन्डाईका विद्युतीय गाडी प्रयोगकर्ताले लाभ लिन सक्ने कम्पनीले जनाएको छ। यसबाट खासगरी ३०० को संख्यामा रहेका कोना र आयोनिक इभीका गाडीका प्रयोगकर्ताले सुविधा उपयोग गर्न सक्ने कम्पनीको भनाइ छ।
आफ्ना गाडीको प्राविधिक अवस्था र ब्याट्रीको स्वास्थ्य अवस्थाबारे सवारीधनी र कम्पनीलाई नजिक ल्याउन क्याम्प आयोजना गरिएको हो। तालिमप्राप्त प्राविधिकले सवारीको परीक्षण गर्नेछन्।
ब्याट्री जोगाउन क्याम्पमा विभिन्न उपायहरु सवारीधनीलाई जानकारी गराइनेछ। यसमा सफ्टवेयर, ह्युमनवेर र हार्डवेरको तयारीस्वरुप क्याम्प आयोजना गरिएको हो। हप्ता दिन लामो क्याम्प थापाथलीस्थित हुन्डाईको इभी शोरुममा आयोजना हुनेछ।
'बी द चेन्ज'मार्फत कम्पनीले सामाजिक आर्थिक र प्राविधिक धेरै प्रकारका क्याम्पेनहरु कम्पनीले आयोजना गरिरहेको छ।
हुन्डाईले देशैभर ४० चार्जिङ स्टेसन स्थापना गरेको छ। कम्पनीका १७ वटै शोरुममा चार्जिङको व्यवस्था छ। कम्पनीले सन् २०१९ मा कोना विद्युतीय कार ल्याएको थियो भने १ वर्षअघि आयोनिक-५ पनि ल्याएको हो।